झापा । १४३ रनको फराकिलो जित निकाल्दै बोस्टन क्रिकेट एकाडेमीले अर्जुनधारामा सुरु भएको इन्डो–नेपाल यू–१३ टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा आजदेखि सुरु प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टाको मिलन क्रिकेट एकाडेमीलाई पराजित गर्दै बोस्टनले शानदार जित निकालेको हो । टस जितेर पहिलो ब्याटिङ…