बुद्धशान्ति वडास्तरीय फुटबलको उपाधि वडा नं. ३ लाई

बुधबारे । बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले उचालेको छ ।आज भएको उपाधि भिडन्तमा बुद्धशान्ति वडा नम्बर १ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ च्याम्पियन बन्न सफल भएको आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले बताएका छन् । च्याम्पियन बन्न सिद्धार्थ लिम्बुको एक मात्रै गोल निर्णायक बनेको थियो…