बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधिन नगर अस्पताल भवनको अनुगमन गर्नु भएको छ । नगर प्रमुख प्रसाईले वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकी, कार्यपालिका सदस्य यमुना आचार्य, नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी सहित भवनको अनुगमन गर्नु भएको हो । नगर प्रमुख प्रसाईले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभयो…