याङरुपका लेखक, शिक्षक बुढाथोकी दीर्घसेवा पदकबाट विभूषित

बिर्तामोड । देवी माविका शिक्षक एवम् याङरुप उपन्यासका लेखक ज्ञानबहादुर बुढाथोकीलाई दीर्घसेवा पदकबाट विभूषित गरिएको छ । हालै सम्पन्न विद्यालयको ६२ औं वार्षिकोत्सवको अवसर पारेर बुढाथोकीलाई सम्मान गरेको हो । देवी माविमा ५ वर्षदेखि र विभिन्न विद्यालयमा २५ वर्षदेखि शिक्षण गर्दै आएका शिक्षक बुढाथोकीलाई वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्मानपत्रसहित सम्मान गरिएको हो । शिक्षा क्षेत्र…