काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुनेगरी प्रतिलिटर १५ रुपैयाँका दरले भाउ बढाएको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १६७ रुपैयाँबाट १८२ रुपैयाँ पुगेको छ ।…