निर्वाचनपछि सर्वोच्चको फैसला म्याद गुज्रिएको औषधिजस्तै – ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले निर्वाचनपछि साधारण तारेख राख्नु व्यावहारिक रूपमा अर्थहीन भएको बताएका छन्। भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सर्वोच्चले यत्रो ठूलो संवैधानिक प्रश्नमा समयमै फैसला गर्नुपर्ने भएपनि नगरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘अब सर्वोच्च अदालत यत्रो संवैधानिक प्रश्नमा अल्झिएको छ, यो जटिलतामा फसेको बेला सम्मानित…