गठबन्धनका कारण झापाका १० पालिकामा महिला उम्मेद्वार बन्नबाट बञ्चित

बिर्तामोड । झापामा सत्तारुढ गठबन्धनका कारण संविधानले दिएको अधिकारबाट महिलाहरु बञ्चित भएका छन् । प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्थालाई कुल्चदै गठबन्धनले झापाका १० पालिकामा प्रमुख-उपप्रमुख नै पुरुष उम्मेद्वार बनाएको छ । भागवण्डामा सहमति जुट्न नसकेपछि झापामा दुई दलीय गठबन्धन छ । कांग्रेस र माओवादी केन्द्रले जिल्लाका १० पालिकामा महिलालाई प्रमुख-उपप्रमुख बन्नबाट…