भागबण्डा मिलाउन सत्तागठबन्धनको ‘निर्णायक’ बैठक आज

काठमाडौं- सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुंग्याउन ‘निर्णायक’ बैठक गर्दैछ । हिजो गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ । तल्लो तहको…