नेकपाले तोक्यो झापाको इञ्चार्ज

विर्तामोड । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । भर्खरै सम्पन्न सचिवालय बैठक ७७ ओटै जिल्ला र ६ ओटा महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्ज तोकेको हो । झापाको इञ्चार्जमा रविन कोइराला र सहइञ्चार्जहरुमा देवेन्द्र दाहाल, धर्मशिला चापागाई, हरि राजवंशीलाई तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।