प्रहरी पक्राउ गर्न विप्लवद्वारा ‘पक्राउ पूर्जी’ जारी

कैलाली । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ता धरपकडलाई तीब्र बनाइरहेका बेला कैलालीमा भने विप्लव समूहले उल्टै प्रहरीलाई पक्रिन ‘पक्राउ पूर्जी’ जारी गरेको छ । विप्लव समूहका नेता–कार्यकर्ता धमाधम पक्रेर मुद्दा चलाइरहेका बेला प्रतिबन्धित विप्लव समूहले जनअदालतको नाममा राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पूर्जी’ जारी गर्दै जनअदालतमा हाजिर हुन उर्दी जारी गरेको छ ।…