बिर्तामोड । नगर खेलकुद विकास समितिको आयोजनामा जेठ ६ गतेदेखि झापाको बिर्तामोडमा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ । समितिले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष विकास गिरीका अनुसार डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा १७ वटा टीमको सहभागिता रहने छ । प्रतियोगिताको बिजेता टीमले एक लाख…