मुख्य समाचार

प्रधानमन्त्री दाहाल आज साँझ न्यूयोर्क प्रस्थान गर्दै

प्रधानमन्त्री दाहाल आज साँझ न्यूयोर्क प्रस्थान गर्दै

k|wfgdGqL …k|r08Ú sf7df8f}F, ^ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú n] cfˆgf] d[To’kZrft cfˆgf] z/L/sf ;Dk”0f{ c+u bfg ug]{ 3f]if0ff ug{‘x’Fb} . z’qmaf/ laxfg k|1f ejg sdnfbLdf ;lxb wd{eQm /fli6«o k|Tof/f]k0f s]G›n] ! xhf/ j6f lduf}{nf k|Tof/f]k0f ;DkGg u/]sf] pknIodf cfof]lht ljz]if sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqLn] pQm 3f]if0ff u/]sf x’g . k|wfgdGqLn] eGg’eof]]— ……d]/f] d[To’kZrft ;Dk”0f{ z/L/ bfg ug]{ 3f]if0ff ub{5’ .Æ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उहाँले मन्तव्य व्यक्त गर्नुहुनेछ । आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्नुहुने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी हुनुहुन्छ ।

शेयर गर्नुहोस :

0
Shares