अर्जुनधारा । अस्थायी प्रहरी चौकी खुदुनाबारीको व्यवस्थापन समिति अध्यक्षमा ढुण्डीराज गौतम चयन भएका छन् । कैदले खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत रहेका गौतमलाई अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको सभाहलमा सोमबार आयोजित एक भेलाले चौकी व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा अर्जुनधारा २ का वडाअध्यक्ष…