झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उहाँले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गर्नुभयो । मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास नभएका कारण सहरी क्षेत्रका बालबालिकासमेत खोपको दायरामा…