शिवसताक्षी नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा सञ्चालन गरिएको दुई दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमार्फत नगरका विभिन्न वडाका गरी कुल ३३९ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्। नगरपालिकाका अनुसार वडा नं. ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट २०५ जना र वडा नं. ११ मा रहेको सतासीधाम स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरबाट १३४…