खेल

बंगलादेशमाथि भारतको सहज जित

बंगलादेशमाथि भारतको सहज जित

KL Rahul of India celebrates his century during the 1st T20i between West Indies and India at Central Broward Stadium in Fort Lauderdale, Florida, on August 27, 2016. / AFP / Randy BROOKS (Photo credit should read RANDY BROOKS/AFP/Getty Images)

काठमाडौं । विश्वकप क्रिकेटको तयारीको लागि भएको अभ्यास खेलमा भारतले बंगलादेशमाथि सहज जित निकालेको छ ।


सोफिया गार्डेन्समा मंगलबार राति भएको खेलमा भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको हो । ३६० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.३ ओभरमा सबै विकेटको क्षतिमा २६४ रन मात्रै बनाउन सक्यो ।


बंगलादेशका मुश्फिक्युर रहिमले ९० रन बनाए । त्यस्तै, लिटोन दासले ७३ रन बनाउँदा मेहेदी हसन मिराजले २७ रन बनाए । बलिङतर्फ कुलदिप यादव र युजभिन्द्र चाहालले समान ३–३ विकेट लिए ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३५९ रन बनाएको थियो । भारतको लागि महेन्द्रसिंह धोनीले ११३ रन बनाए । उनले ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै शतक बनाएका थिए । त्यस्तै, केएल राहुलले १०८ रन बनाए । कप्तान विराट कोहली भने ४७ रनमा आउट भए ।

शेयर गर्नुहोस :

0
Shares