भद्रपुर

सरकारलाई झापाको ४६० हस्ताक्षर पठाइयो

सरकारलाई झापाको ४६० हस्ताक्षर पठाइयो


भद्रपुर । नेपाल पत्रकार महासंघ झापा शाखाले मिडिया काउन्सिल विधेयक खारेजीको माग गर्दै असार ३ गते विर्तामोडमा संकलन गरेको हस्ताक्षर नेपाल सरकारलाई पठाएको छ ।


आन्दोलनको तस्रो चरण अन्तरगत संकलित एक हजार ४ सय ६० जनाको हस्ताक्षर महासंघ झापा शाखाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत मन्त्रीपरिषदको कार्यालयमा पठाएको हो ।


झापा शाखा अध्यक्ष तारामणि सापकोटाको नेतृत्वमा गएको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाएको हो ।

शेयर गर्नुहोस :

0
Shares