Banner news

प्रहरीलाई खाजा खानु भन्दै सय घुस दिने पक्राउ

प्रहरीलाई खाजा खानु भन्दै सय घुस दिने पक्राउ


बिर्तामोड । प्रहरीलाई खाजा खानु भन्दै पाँच सय रुपैयाँ घुस दिने ट्रक ड्राइभर अर्जुनधारा – ५ का उमाकान्त राजवंशी पक्राउ परेका छन् ।

आज बिहान भद्रपुर -१० एसपी मोडमा सवारी जाचमा बसेका प्रहरी जवान राजु राजवंशीलाई घुस दिने राजवंशी पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।

प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार बिलबुकमा पैसा घुसाएर खाजा खानु भनेपछि पक्राउ गरेको हो ।

पक्राउ परेका चालक राजवंशीलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares