Banner news

बिधार्थीलाई भाग्य बोक्ने झोला

बिधार्थीलाई भाग्य बोक्ने झोला


बिर्तामोड । झापाको भद्रपुर नगरपालिका –१ स्थित दिपक आधारभुत बिद्यालयका ६० जना बिद्यार्थीहरुलाई पाठ्यक्रम सामग्री सहितको भाग्य बोक्ने झोला बितरण गरिएको छ ।

बिद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्धेश्यले बिहीबार पहिलो पाईला नेपाल बिर्तामोड शाखाको आयोजनामा विधार्थीहरुलाई भाग्य बोक्ने झोला बितरण गरिएको हो ।

ह्युमानिटी फस्टको सहकार्यमा १ लाख २३ हजार बराबरको झोला बितरण गरिएको छ ।

पहिलो पाईला बिर्तामोड शाखाका अध्यक्ष मदन ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो पाईला नेपालकी केन्द्रीय सदस्य मोनिका अधिकारी, बिराटनगर शाखाका सचिव ओम राउत, कार्यक्रम संयोजक सुनिता ओझा, बिद्यालय पिटिए अध्यक्ष रुद्र प्रधान, प्राचार्य घनश्याम खनाल, सामाजिक अभियान्ता दिपक दास, प्रज्वल कडरिया लगायतले मन्तब्य राखेका थिए ।

शेयर गर्नुहोस :

0
Shares