तिब्र गतिले बस पल्टिदा नौ जना घाइते, चालक फरार
बिर्तामोड । तिब्र गतिका कारण अनियन्त्रित भई आज दिउँसो मेचीनगरको इट्टाभट्टा भएको बस दुर्घटनामा नौं जना घाइते भएका छन् । बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ गइरहेको मे १ ख ६१६६ नम्बरको हिमशिखर यातायात अनियन्त्रित भई पल्टिएपछि नौ जना घाइते भएका हुन् । सडकमा सञ्चालित नयाँ बसहरु तिब्र गतिमा हुँइकिएका कारण दुर्घटना बढ्न थालेको छ ।
सो दुर्घटनामा घाइतेमध्ये ६ जनाको उपचार बिर्तामोडस्थित विएण्सडी अस्पतालमा भइरहेको छ भने ३ जनाको उपचार गर्न आफन्तले सिलिगुडी लगेका छन् ।
