बैशाख ६, २०८२ शनिबार

भुटानसँग नेपाल पराजित

बिर्तामोड । यू–१८ साफ च्याम्पियनसिप फुटबलमा नेपालले कमजोर मानिएको भुटानसँग ३–० को लज्जास्पद हार व्यहोरेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा खेल हारेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । खेल जितेपछि भुटान भने सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै भुटानले शानदार जीत हात पारेको हो ।
खेलको ३७ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाए । त्यसपछि खेलको ८६ औं मिनेटमा विशाल बस्नेतले डिबक्सभित्र भुटानका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै केल्जिङ जिग्मीले भुटानलाई २–० को अग्रता दिलाए ।

भुटानका लागि तेस्रो गोल खेलको अतिरिक्त समयमा कर्मा सोनामले गरे । समूह ‘ए’ मा रहेको नेपाल सेमिफाइनलमा जाने गणितीय सम्भावनामात्रै बाँकी छ । भुटानले अब २४ तारिखमा माल्दिभ्सलाई ३–० गोलअन्तरले पराजित गरेमा मात्र नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । यसअघि नेपालले समूह चरणको खेल माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो । यसअघि यु–१८ साफ च्याम्पियनसिपकै २०१७ को खेलमा पनि नेपाल समूह चरणमा भुटानसँग पराजित भएको थियो ।

प्रकाशित मिति : आश्विन ५, २०७६ आईतबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]