रियल मड्रिडकाे सामाजिक सञ्जालमा सबैभन्दा धेरै ‘फलाेअर्स,
काठमाण्डाै – विश्वका चर्चित फुटबल क्लबहरुमा सामाजिक सञ्जालमा कुन क्लबलाई धेरैले फलाे गर्छन् भन्ने हाेडबाजी चलिरहन्छ ।

सामाजिक सञ्जालमा फुटबल क्लबलाई फलाे गर्नेकाे पहिलाे नम्बरमा स्पेनी क्लब रियल मड्रिड रहेकाे छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटर र इन्स्टाग्राममा गरी रियल मड्रिडकाे २२३ मिलियन फलाेअर्स रहेकाे छ ।
त्यस्तै दाेस्राे नम्बरमा स्पनेकै अर्काे चर्चित क्लब बार्सिलाेना रहेकाे छ । बार्सिलाेनालाई सामाजिक सञ्जालमा २१३ मिलियनले फलाे गरिरहेका छन् । तेस्राे नम्बरमा भने इंग्लिस प्रिमियर लिगकाे म्यानचेस्टर युनाइटेड छ, जसलाई सामाजिक सञ्जालमा १२५ मिलियनले फलाे गरेका छन् ।
८१ मिलियन फलाेअर्ससँगै इंग्लिस प्रिमियर लिगकाे चेल्सी चाैथाे नम्बरमा छ भने पाेर्चुगलका स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे रहेकाे इटलियन सिरी ए काे युभेन्टस रहेकाे छ ।