Banner news

झापाका १३ कैदीबन्दीलाई कैद मिनाहा

झापाका १३ कैदीबन्दीलाई कैद मिनाहा


बिर्तामोड । पाँचौं संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झापा जिल्ला कारागारका १३ जना कैदीबन्दीले कैद मिनाह तथा माफी पाएका छन् । उनीहरुलाई कारागार प्रशासनले शनिवार नै कारागाराबाट विदा दिएको छ । कैद मिनाहा तथा माफी पाउने सबै पुरुष छन् ।

विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका देशभरका २८९ जना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा पाएका छन् ।

मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी झापा १३ सहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा)नियमावली, २०७६ को व्यवस्था अनुसार कैदी बन्दीको कैद मिनाह गर्न सक्ने व्यवस्था छ । त्यसका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिका लागि सिफारिस गर्नुपर्छ ।

शेयर गर्नुहोस :

0
Shares