मुख्य समाचार

बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलवार साँझ बोलेरो जीपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।  दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईँको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ११ च ५९९० नंको  जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएकी चापागाईँलाई  बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा साँझनिधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।

शेयर गर्नुहोस :

0
Shares