Banner news

डा केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल

डा केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल


काठमाडौं- अनसनरत डा गोविन्द केसीको पक्षमा देशव्यापी सत्याग्रहको अपिल गरिएको छ। डा केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह सुरु गर्न अपिल गर्दर्छौं’, सोलिडारिटी फर डा केसी अलायन्सका संयोजक डा जीवन क्षेत्रीको आग्रह छ।

देशैभरबाट कोभिड विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ आफ्नो ठाउँबाट डा केसीको समर्थनमा सत्याग्रह सुरू गर्न अलायन्सको अपिल छ।

अभियानअन्तर्गत अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह सुरू हुने जानकारी पनि उनले गराएका छन्।

स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा केसीले १९औं सत्याग्रह सुरू गरेको बुधबार २४ औं दिन पुगेको छ। उनको स्वास्थ्य गम्भीर बन्दै गए पनि सरकारले वार्ताको पहल गरेको छैन।

 सरकार र सत्तारूढ नेकपाले अनसन अन्त्य गर्न आग्रह गरे पनि डा केसीले मानेका छैनन्।

यस्तो छ अपिल
स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि डा केसीले १९औं सत्याग्रह शुरु गर्नुभएको आज २४ औं दिन भइसकेको छ। यसबीच उहाँको स्वास्थ्य धेरै नाजुक बन्दै गइरहेको छ भने सरकारले उहाँका मागहरु पूरा गर्न र जीवन रक्षा गर्न कुनै कदम चालेको छैन।
यो पृष्ठभुमिमा डा केसीका माग पूरा गराउँदै उहाँको जीवन रक्षा गर्नका लागि देशव्यापी रुपमा नागरिक सत्याग्रह शुरु गर्न अपिल गर्दर्छौं। त्यही अभियान अन्तर्गत यस अलायन्सको संयोजनमा आज साँझ ५ बजेदेखि त्रिवि केन्द्रीय विभागका विद्यार्थीहरुको र भोलि पाटन डबलीमा नागरिक सत्याग्रह शुरु हुँदैछ।

देशैभरबाट कोभिड विरुद्धका सबै नियम र मापदण्ड पालना गर्दै आ आफ्नो ठाउँबाट डा केसीको समर्थनमा सत्याग्रह शुरु गर्न सबैमा अपिल गर्दर्छौं।

डा जीवन क्षेत्री,
संयोजक
सोलिडारिटी फर डा केसी अलायन्स

शेयर गर्नुहोस :

0
Shares