पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–३, सिरिजंघा चोकस्थित सिरिजंघा खेलमैदानमा पाँचौँ सिरिजंघा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। सिरिजंघा स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा आठवटा फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीमा सिरिजंघा एफसी पथरी, हिमाल युनाइटेड कानेपोखरी, एलएक्स सिटी एफसी बेलबारी, टाडी स्पोर्टिङ क्लब मिक्लाजुङ, लेटाङ एफसी, मंगलबारे एफसी, गोर्खा युनाइटेड एफसी उर्लाबारी र सुनौलो कल्याण एफसी पथरी रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँ पाउनेछ।
आयोजकले सार्वजनिक गरेको खेलतालिकाअनुसार कात्तिक १० गते सिरिजङ्घा एफसी पथरी र हिमाल युनाइटेड कानेपोखारीबीच उद्घाटन खेल हुनेछ। कात्तिक ११ गते लेटाङ एफसी र मंगलबारे एफसीबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै, कात्तिक १२ गते एलएक्स सिटी एफसी बेलबारी र टाडी स्पोर्टिङ क्लब मिक्लाजुङ तथा कात्तिक १३ गते गोर्खा युनाइटेड एफसी उर्लाबारी र सुनौलो कल्याण एफसी पथरीबीच खेल हुनेछ। प्रतियोगिताका सबै खेल दिउँसो ३ बजे सुरु हुनेछन्। कात्तिक १७ गते प्रतियोगिताको फाइनल खेल हुनेछ।








प्रतिक्रिया