खेल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुन लागेको हो ।

यी दुई टोलीबीचको प्रतिस्पर्धा आज साँझ ५ बजे सुरु हुनेछ ।

क्यानले हिजो आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता ५ मंसिरसम्म सञ्चालन हुनेछ ।

एनपीएलको‌ तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ । यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ ।

यस संस्करणको एनपीएलमा पहिलोपटक डीआरएस प्रणाली लागू गरिने क्यानले जनाएको छ ।

शेयर गर्नुहोस :

81
Shares