मुख्य समाचार

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

आँखा फुटेको हात्तीलाई बेहोस बनाएर उपचार

emfkf, @@ c;f]h . emfkfsf] d]rLgu/–# t]nkfgL ;fd’bflos jg If]qleq laxLaf/ 3fOt] hª\unL xfQLsf] pkrf/ ub}{ lrtjgsf] /fli6«o lgs’~h tyf jGohGt’ ;+/If0f ljefuaf6 cfPsf] jl/i7 kz’lrlsT;s 8f ljhos’df/ >]i7nufotsf] 6f]nL . t:jL/ M rGb|snf e08f/L, /f;;

झापा । बाहुनडाँगीमा आज एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन्।विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु¥याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर समातेको थियो।

बाहुनडाँगीको जङ्गलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको टोलीले पछ्याउँदै जाँदा तेलपानी सामुदायिक वनको तीन किलोमिटर भित्र झाडीमा लुकिरहेको अवस्थामा फेला पारिएको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए।

बिहान १०ः०० बजे एक पटक र त्यसको एक घण्टापछि अर्को पटक बेहोस बनाउने औषधि मिसाइएको गोली हानिएपछि मात्र हात्ती बेहोस भएर ढलेको थियो । बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । बेहोस बनाउन र उपचारको प्रक्रिया पूरा गर्न टोलीलाई तीन घण्टा लागेको थियो ।

चिकित्सक टोलीका प्रमुख डा श्रेष्ठले हात्तीको दाहिने आँखा धेरै पहिले चोटका कारण फुटेको र शरीरका विभिन्न अङ्गमा तिखो भाला तथा तीरले घोपिएका घाउ भेटिएको बताए।

“दाहिने आँखाको ज्योति गुमिसकेको रहेछ, देब्रे आँखाको दृष्टि पनि न्यून छ”, वरिष्ठ पशुचिकित्सक डा श्रेष्ठले भने, “घाउचोटको उपचार गरेका छौँ।” उपचार सकिएलगत्तै हात्ती व्युँझिएको थियो।

शेयर गर्नुहोस :

0
Shares