बिर्तामोड । बिर्तामोड क्षेत्रमा रहेका फ्रेस हाउसको अनुगमन गरिएको छ । शुक्रवार बिर्तामोड नगरपालिका र सहारा नेपालका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरेको छ ।
बिर्तामोड नगरपालिका र सहारा नेपालको मासु पसल सुधार कार्यक्रम अन्तर्गत अनुदान पाएका व्यवसायीले सञ्चालन गरेको फ्रेस हाउसको शुक्रवार अनुगमन गरिएको छ । स्वस्थ्य मासुका लागि मापदण्ड पुरा गर्ने सञ्चालकहरुलाई अनुदान दिइएको थियो । नगर र सहाराको १/१ लाख र सञ्चालकको १ लाख सहभागितामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।

बिर्तामोड नगरपालिका क्षेत्र भित्रका १० वटै वडामा २० वटा फ्रेस हाउसलाई अनुदान दिइएको थियो । अनुदान पाएका व्यवसायीले कार्यक्रम बमोजिम फे्रस हाउसको संरचना तयार गरेका छन् । उनीहरुले विशेष गरी सरसफाईलाई ध्यान दिनुपर्ने सहारा नेपालका डा.कमलेश्वर भाटले जानकारी दिए । स्वस्थ्य मासु उत्पादनका लागि नगरसँग मासु पसल सुधार कार्यक्रममा सहकार्य गरेको डा.भाटको भनाई छ ।
अनुगमनमा सहभागी बिर्तामोड नगरको उपप्रमुख पवित्रा महतराले अनुदान पाउने फ्रेस हाउस सञ्चालकले कार्यक्रम अनुसार हतियार, अचानो र फ्रिजको प्रयोग गर्नुेपर्ने बताइन् । उनका अनुसार फ्रेस हाउसलाई मुख्यतयः पूर्ण सरसफाईमा राखिएको हुनुपर्छ । मासु स्वास्थ्यका लागि स्वस्थ्य हुनुपर्छ, स्वस्थ्य र सरसफाई नभएमा हानिकारक हुन्छ, महतराले भनिन् – त्यसैका लागि हामी मासु पसल सुधार कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
अनुगमनमा मापदण्ड पुरा नगरे व्यवसायीलाई तत्काल मापदण्ड पुरा गर्न निर्देशन दिइएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिए । उनले व्यवसायलाई पनि आधुनिकिरणमा सहयोग गर्न अनुदान दिइएको बताए ।

कार्यक्रम अन्तर्गत रहेर हतियार, अचानो प्रयोग गर्नुपर्ने, सिसाले बारेको हुनुपर्ने र मासु विक्रि गर्ने कोठामा टाइल लगाएको हुनुपर्ने बताइएको छ । अनुदान पाएकी हाम्रो फ्रेस हाउस कि सञ्चालक इन्दिरा चम्लागाईले कुखुरा भुत्ल्याउने मेसिन समेत अनुदानबाटै लिएको जानकारी दिइन् । उनले अनुदान कार्यक्रम अन्तर्गत काम गर्दा व्यापारमा सहजता र उपभोक्ताको आकर्षण बढेको बताइन् । अहिले १५० रुपैयाँमा खरिद गरिने बोइलर कुखुरा खुद्रामा प्रति केजी २५० मा विक्री भइरहेको छ ।
अनुगमनमा सहाराका सञ्चालक शंकर रिजाल, नगरको तर्फबाट पशु शाखाको प्रतिनिधिको सहभागिता रहेको थियो । अनुगमनमा सहभागिताले मासु पसल सुधार कार्यक्रम प्रभावकारी देखिएको जानकारी दिएका छन् ।







प्रतिक्रिया