Banner news

झापामा १ हजार बढिले लगाए कोभिडविरुद्धको खोप

झापामा १ हजार बढिले लगाए कोभिडविरुद्धको खोप


बिर्तामोड । झापामा दुई दिनमै १ हजार भन्दा बढिले कोरोना विरुद्धको खोप लगाएका छन् । बुधबारबाट शुरु भएको खोप १ हजार ९३ जनाले लगाएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

झापामा पहिलो दिन ५ सय ३५ र दोस्रो दिन बिहीवार ५ सय ५८ जनाले खोप लगाएका छन् । चौलागाईका अनुसार स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, सरसफाई कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेविकाले खोप लगाइरहेका छन् । झापामा मेची अस्पताल भद्रपुर, अनारमनी नगर अस्पताल र दमक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

पहिलो दिन मेचीमा ७६, अनारमनीमा ३१४ र दमकमा १४५ जनाले खोप लगाएका थिए । दोस्रो दिन मेची अस्पतालमा ११३, अनारमनीमा २०५ र दमकमा २४० जनाले खोप लगाएको चौलागाईले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares