Banner news

झापाका एक एम्बुलेन्स चालकसहित चार जनाविरुद्ध अभद्र मुद्दा

झापाका एक एम्बुलेन्स चालकसहित चार जनाविरुद्ध अभद्र मुद्दा


बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले एक जना एम्बुलेन्स चालकलाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेको छ । मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउने बुद्धशान्तिका ३० वर्षीय तेज बहादुर विकलाई मुद्दा दर्ता गरिएको झापा प्रहरीले जनाएको छ ।

अत्याधिक मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाइरहेका विकलाई मेचीनगर–१३ स्थित चारआली सडक खण्डमा प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै, धुलावारी प्रहरीले चेकचाँचका क्रममा चारआली सडक खण्डमा अत्याधिक मापसे गरी तिव्र गतिमा बस चलाउने मे १ ख २२१५ नं. का चालक मेचीनगर –६ काँकरभिट्टाका ४० वर्षीय धुब्र मगर, ट्रिपर चालक बुद्धशान्ती गापा– ७ का ३५ वर्षीय तारा बहादुर कामी र सोही सडक खण्डमा अत्याधिक मापसे गरी तिव्र गतिमा ट्याक्सी चलाउने ईलाम नपा – ८ का ३८ वर्षीय रेश बहादुर कुँवरलाई अभद्र मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares