Banner news

बिर्तामोड वाणिज्य संघको महासचिवमा चार जना आकांक्षी

बिर्तामोड वाणिज्य संघको महासचिवमा चार जना आकांक्षी


बिर्तामोड । आसन्न बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचनमा उम्मेद्वारी दिनेहरुको नाम सार्वजनिक हुन थालेको छ । अध्यक्षमा ६ जनाको नाम चर्चामा छ । पाँच जना नेपाली कांग्रेस निकट व्यवसायी र एक जना नेकपा निकट व्यवसायी अध्यक्ष जित्न दौडधुप गरिरहेका छन् ।

अध्यक्ष पछि महासचिव पद्मा पनि चार जनाले उम्मेद्वारी दिने देखिएको छ । कांग्रेस र नेकपाका २/२ जना व्यवसायी महासचिव पद्को दौडमा रहेको बुझिएको छ । महासचिवका लागि व्यवसायी अर्जुन मैनाली, ओम प्रकाश श्रेष्ठ , सञ्जिव घिमिरे र रविन्द्र भट्टराई चर्चामा रहेका छन् । सबैले जीतको दावी गर्दै आएका छन् ।

बिर्तामोड वाणिज्य संघको निर्वाचनमा दुई वटा प्यानल बन्ने निश्चित भएको छ । नेकपा र कांग्रेसले अन्य दल निकट व्यवसायीलाई समेत समेटेर प्यानल निर्माण गर्ने माहोल बन्दै गएको छ । निर्वाचन नजिकैं जाँदा व्यवसायीबिच कस्तो नेतृत्व छान्ने विषयमा बहस भइरहेको छ । बिर्तामोड वाणिज्य संघमा कांग्रेसको एकछत्र छ भन्नेहरु नयाँ कार्यक्रम विनै मैदानमा उत्रिएका छन् । यता, कांग्रेस निकट नेतृत्वले कुनै काम गर्न सकेन भन्ने नेकपा कांग्रेसको हातबाट नेतृत्व खोस्ने दाउमा लागेको छ ।

नेकपामा हालसम्म सुवास भट्टराईले मात्र अध्यक्षमा उम्मेद्वारी दिने बताइरहेका छन् । यता, कांग्रेस निकटबाट प्रकाश शिवाकोटी, राजु न्यौजाने, पार्वता विमली, प्रशान्त भण्डारी र बलराम कार्की अध्यक्ष पद्मा उम्मेद्वार बन्ने चर्चा चुलिएको छ । एक पद्का लागि कांग्रेसबाट धेरै व्यक्तिको चर्चा हुनुले अध्यक्षमा कसले उम्मेद्वारी दिने भन्नेबारे विवाद रहेको व्यवसायीको बुझाई छ । एक व्यवसायी भन्छन्, ‘अन्तिमसम्म नछोड्ने प्रकाश र प्रशान्त हुन् । उनीहरु विच कसले टिकट पाउँछ भन्ने एकिन गर्न संभव छैन ।’

फागुन १६ गते हुने निर्वाचनको लागि वाणिज्य संघले आवश्यक तयारी गरिरहेको छ भने उम्मेद्वार बन्नेहरु मत माग्न व्यस्त भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares