बिर्तामोड । झापाको विर्तामोडमा सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी सहित सामाजिक संघ संस्थाको संयुक्त आयोजनामा आँखा तथा कान परीक्षण गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार ८६ जना सवारी चालकको आँखा र कान परीक्षण गरिएको छ । त्यसै गरी उक्त कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । विर्तामोडको हनुमान सेन्ट्रलमा आयोजित कार्यक्रममा झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले दुर्घटना न्यूनिकरण बारे मन्तव्य राखेका थिए ।
विर्तामोड नगरपालिकाका प्रमुख धु्रव कुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना , इप्रका अनारमनीका प्रमुख सन्तोष आचार्य, झापा ट्राफिकका प्रमुख प्रकाश जबेगु लगायतले मन्तव्य राखेका थिए ।
आँखा तथा कानको निशुल्क परीक्षण सहित रक्तदान कार्यक्रम विर्तामोड रेडक्रस, दृष्टि आँखा अस्पतालसहितको आयोजनामा सम्पन्न भएको हो ।







प्रतिक्रिया