खेल

बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

बिर्तामोडमा सुपर सिक्स क्रिकेट हुने

SOUTHAMPTON, ENGLAND – MAY 25: Steve Smith of Australia plays a shot as England wicketkeeper Jos Buttler looks on during the ICC Cricket World Cup 2019 Warm Up match between England and Australia at Ageas Bowl on May 25, 2019 in Southampton, England. (Photo by Shaun Botterill/Getty Images)

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ५ को वडा युवा तथा खेलकुद विकास समितिको आयोजनामा एकदिने क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बिर्तामोड नगरपालिकाका १० वटै वडाको सहभागिता रहने प्रतियोगिता देवी माविको प्रांगणमा फागुन १ गते हुनेछ । पाँच ओभरको रहने वडास्तरीय प्रतियोगिताका विजेता तथा उपविजेताले ट्रफी पाउने सचिव विशाल अग्रवालले जानकारी दिए ।

खेल सुपर सिक्सको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ । प्रत्येक टोलीमा अतिरिक्त खेलाडीसहित आठजना मात्र खेलाडी समावेश गराइनेछ । दुईजना वडा समिति सदस्य अथवा कार्यसमिति सदस्य अनिवार्य रुपमा खेलमा समावेश गर्नुपर्ने नियम बनाइएको छ ।

समितिले यसअघि महिलाहरुलाई आत्मरक्षाका लागि एक महिने निःशुल्क कराते तालिम सुरु गरिसकेको छ । समितिले फागुन पहिलो साता मैत्रीपूर्ण भलिबल खेलको आयोजना गर्ने अध्यक्ष विशाल धिमालले जानकारी दिए । फागुन दोस्रो साता वडास्तरीय फुटसल प्रतियोगिता हुनेछ ।
समितिले फागुन अन्तिम साता वडास्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ भने चैत दोस्रो साता वडास्तरीय शारीरिक सुगठन प्रतियोगिता गरेर तीन महिने खेलकुदको समापन गरिने अग्रवालले बताए ।

शेयर गर्नुहोस :

0
Shares