बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको निर्वाचन विहान ८ बजेदेखि शुरु भएको छ । बेलुका साँझ ५ बजेसम्म अग्रसेन भवनमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । अग्रसेनमा मतदान हुन्छ भने अतिथि सदनमा गणना हुनेछ ।
निर्वाचनमा ११ जना पूर्व अध्यक्षसहित ४५ सय ५० जनाले मतदान गर्न पाउने छन् ।
निर्वाचनमा नेकपा, राप्रपाको संयुक्त व्यवसायिक प्यानल र नेपाली कांग्रेसको लोकतान्त्रिक व्यवसायिक प्यानल चुनावी मैदानमा उत्रिएको छ । संयुक्तबाट सुवास भट्टराईले नेतृत्व गरेका छन् भने लोकतान्त्रिकबाट प्रकाश शिवाकोटीले नेतृत्व गरिरहेका छन् ।
संघको १९ सदस्यीय कार्यसमितिमा ३९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । त्यसमध्ये आवश्यक प्रक्रिया नपुगेको ४ जनाको उम्मेद्वारी रद्द गरिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शेखर प्रसाद ढकालले जानकारी दिए ।

























तस्वीर : प्रदीप / इजलास डट कम







प्रतिक्रिया