Banner news

वाणिज्य संघको निर्वाचनमा ३८ सय ४९ जनाले गरे मतदान

वाणिज्य संघको निर्वाचनमा ३८ सय ४९ जनाले गरे मतदान


विर्तामोड । विर्तामोड वाणिज्य संघको मतदान सकिएको छ । निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार ३८ सय ४९ मत खसेको छ । जम्मा मतदाता संख्या ४५ सय ५० हो ।

विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म खसालिएको थियो । संघको मतदान स्थल बाहिर कुनै अमर्यादित गतिविधि भएनन् । निर्वाचन समितिले शान्तिपूर्ण तरिकाले मतदान भएको जनाएको छ ।

अग्रसेन भवनमा भएको मतदान अतिथि सदनमा गणना हुने पूर्वनिर्धारित तालिका छ । आज राती देखि नै गणना हुन सक्ने संभावना रहेको बुझिएको छ । १८ गते प्रधानमन्त्री केपी ओली बिर्तामोड आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्थाका कारण सकेसम्म चाँडै गणना सक्नुपर्ने तयारी गरिएको छ ।
संघको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानल र लोकतान्त्रिक व्यवसायिक प्यानल होमिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares