बिर्तामोड

संयुक्त प्यानल समर्थक युवाद्वारा सरसफाई

संयुक्त प्यानल समर्थक युवाद्वारा सरसफाई


विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघको मतदान सकिए पछि युवाहरुले सरसफाई गरेका छन् । निर्वाचनमा मत माग्न प्रयोग गरिएका प्रचार सामग्रीले मतदान स्थल र बाहिरी क्षेत्र फोहोर भएको थियो । सो क्षेत्रमा संयुक्त व्यवसायिक प्यानलका समर्थक युवाहरुले सरसफाई गरेका छन् ।

निर्वाचन सकिए पछि सरसफाई गर्नु आफुहरुको दायित्व भएको नेपाल रत्न शिवाकोटीले जानकारी दिए । उनले मतदानस्थल फोहोर नै छोडियो भने स्थानीयवासीलाई समस्या हुने भएकाले सरसफाई गरिएको बताए ।

सुवास मेचे, नेपाल रत्न शिवाकोटी, नीता घतानी, सरोज सत्याल , विशाल अग्रवाल सहितका युवाहरुले सरसफाई गरेका हन् ।

३८ सय ४९ जनाले गरे मतदान
विर्तामोड वाणिज्य संघको मतदान सकिएको छ । निर्वाचन समितिका सदस्य केशव भट्टराईका अनुसार ३८ सय ४९ मत खसेको छ । जम्मा मतदाता संख्या ४५ सय ५० हो ।

विहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म खसालिएको थियो । संघको मतदान स्थल बाहिर कुनै अमर्यादित गतिविधि भएनन् । निर्वाचन समितिले शान्तिपूर्ण तरिकाले मतदान भएको जनाएको छ ।

अग्रसेन भवनमा भएको मतदान अतिथि सदनमा गणना हुने पूर्वनिर्धारित तालिका छ । आज राती देखि नै गणना हुन सक्ने संभावना रहेको बुझिएको छ । १८ गते प्रधानमन्त्री केपी ओली बिर्तामोड आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्थाका कारण सकेसम्म चाँडै गणना सक्नुपर्ने तयारी गरिएको छ । संघको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानल र लोकतान्त्रिक व्यवसायिक प्यानल होमिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares