विर्तामोड । मानव बेचविखन तथा जवरजस्ती करणी मुद्दामा फरार गौरीगञ्ज– ६ खजुरगाछीकी २६ वर्षीया रविना राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

गौरीगञ्ज प्रहरीले उनलाई आज पक्राउ गरेको हो । राजवंशीलाई झापा जिल्ला अदालतले ०७६ असार ३० मा कैद सजाय र जरिवानाको फैसला सुनाएको थियो । राजवंशीलाई ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको झापा प्रहरीले जनाएको छ । पक्राउ पछि उनको पीसीआर गरिएको छ । त्यसको रिपोट आएपछि जिल्ला कारागार भद्रपुर पठाइने प्रहरीको भनाई छ ।







प्रतिक्रिया