इलाम । नेकपाको नाम विवादका सन्दर्भमा सर्वोच्च अदालतको हिजोको फैसला आएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको जिल्ला कार्यालयमा बोर्डहरुमा रहेको पार्टीको नामलाई परिवर्तन गरि नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बीचमा पार्टी एकता हुन पूर्व इलाम नगरपालिका वडा नं. ७ प्रकाशपथस्थित नेकपा इलामको कार्यालय रहेको एमालेको नै भएकोले सर्वोच्चको फैसलापछि नाम परिवर्तन गरिएको नेकपा (एमाले) का कार्यालय सचिव नवराज शंकरले बताए ।
‘कार्यालय भवन भएको जग्गा तत्कालीन नेकपा (एमाले) को हो र भवन रत्न बम स्मृति प्रतिष्ठानले बनाएको हो’ उनले भने– ‘हामीले भन्दै आएको नेकपा नै ऋषि कट्टेलको भएर एकतापूर्वकै अवस्थामा आईपुगेकाले कार्यालयमा बोर्डमा रहेको नाम परिवर्तन गरिएको हो ।’
शंकरले नेकपा (एमाले) जिल्ला कमिटी इलामको बैठक चाँडै बस्ने बताए । सर्वोच्चले नेकपाको नाम विवादमा फैसला गर्ने क्रममा नाम ऋषि कट्टेलको पार्टीलाई प्रदान गरेपछि निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पाटी (एकिकृत माक्र्सवादी लेलीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग– अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने फैसला गरेको छ ।







प्रतिक्रिया