विर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको झापाको कार्यालयमा एमाले लेखिएको छ । आज विहान कोष्टको (ने क पा) लाई मेटाएर एमाले लेखिएको युवा नेता शिव ढुङ्गेलले जानकारी दिए । सर्वोच्च अदालतले केपी ओली र प्रचण्डको नेकपालाई आधिकारिकता नदिए पछि पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र व्यूँतिएको छ ।

तत्कालिन एमालेको विर्तामोडस्थित पार्टी कार्यालयमा पार्टी एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेखिएको थियो । अन्य जिल्लामा सर्वोच्चको फैसला आउन साथ नाम बदल्ने, बोर्ड परिवर्तन गर्ने काम भए पनि प्रधानमन्त्रीको गृह जिल्लामा ढिलो गरी नाम परिवर्तन गरिएको हो ।







प्रतिक्रिया