Banner news

अफिमको कारोवार गर्ने दुई महिला काँकरभिट्टाबाट पक्राउ

अफिमको कारोवार गर्ने दुई महिला काँकरभिट्टाबाट पक्राउ


विर्तामोड । काँकरभिट्टाको एक होटलबाट प्रहरीले २ केजी अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर र काँकरभिट्टा प्रहरीले मेचीनगर–६ स्थित नयाँ विशाल होटलबाट अफिम कारोबार गर्ने महिलालाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ र
काँकरभिट्टाको नयाँ विशाल होटलको कोठा नं. १०५ बाट दुई भारतीय महिला पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पश्चिम बंगालका ३० वर्षीया लक्ष्मी क्षेत्री र ३८ वर्षीया गायत्रादेवी क्षेत्री रहेका छन् । कालो निलो रंगको जेब्रामा राखिएको अफिम सहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । प्रहरीका अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

शेयर गर्नुहोस :

0
Shares