Banner news

मुख्य पाइप फुटेपछि विर्तामोडमा खानेपानीको हाहाकार

मुख्य पाइप फुटेपछि विर्तामोडमा खानेपानीको हाहाकार


आज साँझदेखि वितरण सहज हुन्छ : अपरेटर

विर्तामोड । विर्तामोड क्षेत्रमा खानीपानीको वितरण रोकिएको छ । आज विहानबाट पानी वितरण रोकिएपछि उपभोक्ता समस्यामा परेका छन् ।

बिर्तामोड खानेपानी संस्थाले मुख्य पाइप फुटेका कारण मर्मत कार्य भइरहेकाले पानी बन्द गरिएको जनाएको छ । विर्तामोडस्थित हनुमान पम्प नजिकको मुख्य पाइप फुटेका कारण पाइपको मर्मत भइरहेको पम्प अपरेटर पुरन कार्कीले जानकारी दिए ।

फाइल तस्वीर

बुधबार साँझबाटै पाइप फुटेको थियो, कार्कीले भने – राती काम चलाउ बनाएर पानी वितरण गरिएको थियो । आज मर्मत गरेर मात्रै पानी वितरण गरिन्छ । उनका अनुसार आज वेलुकासम्मा पानी वितरण सहज हुने छ । विर्जा बजार क्षेत्रमा पानी वितरण भइरहे पनि अन्य सबै क्षेत्रमा समस्या भएको छ ।

शेयर गर्नुहोस :

0
Shares