Banner news

झापासहित मेची–कोशीमा विप्लपका २२ कार्यकर्ता अझै कारागारभित्र

झापासहित मेची–कोशीमा विप्लपका २२ कार्यकर्ता अझै कारागारभित्र


विर्तामोड । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेत्रविक्रम चन्द समूहका नेतालाई रिहा गर्न थालेको छ । कतिपय जिल्लामा सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटिरहेका छैनन् ।

मेची–कोशी व्यूरो कार्यालयका सचिव सुमन सिंहले रिहाईका लागि प्रक्रिया अघि बढिरहेको जानकारी दिए । उनले मेची–कोशीका जिल्ला कारागारहरुमा २२ जना नेता कार्यकर्ता थुनामा रहेको बताए । त्यसमध्ये झापा कारागारमा चार जना रहेका छन् । सिंहका अनुसार सरकारी कार्यालयले मुद्धाका किसिमबारे महान्यायाधिवक्ताको कार्यालयलाई जानकारी पठाइसकेको छ । माग भए बमोजिम सरकारी कार्यालयले पत्राचार गरेको सूचना आएको छ, सिंहले भने – रिहाई गर्न ढिलाई भइरहेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनाले जिल्ला प्रशासनबाट रिहा गर्नुपर्ने सो समुहका व्यक्ति छैनन् । उनका अनुसार अबको रिहाई प्रक्रियामा सरकारी वकिल कार्यालयको भूमिका हुनेछ । प्रजिअले भने, सरकारी वकिल कार्यलयले सोहि बमोजिमको प्रक्रिया अघि बढाइरहेको छ । झापा कारागारमा १ जना पूर्पक्षका लागि थुनिएको छ । ३ जनासँग धरौटी माग गरिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । २ जनासँग १÷१ लाख र १ जनासँग ३० हजार जरिवाना मागिएको उनको भनाई छ । सरकारको निर्देशन बमोजिम रिहाई हुने भएकाले आवश्यक प्रक्रिया अनुरुप काम भइरहेको बताए ।

मेची–कोशीका कारागारमा विप्लप समूहका कार्यकर्ताहरु बम विस्पोट , संगठित अपराध, कर्तव्य ज्यान मुद्धा र सवारी आवगमनमा अवरोध गरेका कारण थुनामा परेका छन् ।

शेयर गर्नुहोस :

0
Shares