विराटगनर । प्रदेश नं १ प्रदेशसभाको चैत्र २ गतेका लागि बोलाएको बैठक फेरि पनि सूचना टाँस गरी स्थगित गरिएको छ ।
आइतबार प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीद्वारा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गर्नुभएको हो । यस अघि फागुन २० गतेका लागि बोलाएको बैठक पनि सूचना टाँस गरी स्थगित गरिएको थियो ।

प्रदेश १ प्रदेशसभामा सरकारका मुख्यमन्त्री शेरधन राईका विरुद्धको अविश्वास प्रस्ताव फागुन ९ गते टेबुल भएको थियो । सो अविश्वासको प्रस्तावमा छलफल गर्ने कार्यसूचि भए पनि पटक पटक बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।
सत्तारुढ दलभित्रको विवाद र प्रदेश सरकारले प्रदेशसभाका लागि बिजनेश नदिएका कारण प्रदेशसभाको बैठक सुचारु गर्न समस्या भएको हो । पटक पटक सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित गरेर सरकारले संसदलाई वेवास्ता गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका प्रमुख सचेतक केदार कार्कीले भत्र्सना गर्नुभएको छ । उहाँले सरकार जिम्मेवार नभएकै कारण सदनमा बिजनेश अभाव भएको र सदनप्रति अनुदार भएको टिप्पणी गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवले सभामुखले दलहरुसँग कुनै छलफल र परामर्श नगरी मनखुसी बैठक स्थगित गर्ने कार्य गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।







प्रतिक्रिया