बिर्तामोड

अनेरास्ववियु झापाद्वारा संगठन विस्तार अभियान घोषणा

अनेरास्ववियु झापाद्वारा संगठन विस्तार अभियान घोषणा


विर्तामोड । अनेरास्ववियु झापाले संगठन विस्तार अभियान घोषणा गरेको छ । आइतवार नेकपा एमाले जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित अनेरास्ववियुको विस्तारित भेलाले सो अभियानको घोषणा गरेको हो ।

अभियान अन्तर्गत संगठनले १० हजार सदस्य विस्तार गर्ने योजना बनाएको छ । संगठनका केन्द्रीय सदस्य मनोज ताम्लीले संगठन विस्तारलाई तीब्र बनाउँदै जिल्लाभरका शैक्षिक संस्थाहरुमा कमिटी निर्माण गरिने जानकारी दिए । उनका अनुसार मावि र क्याम्पस तहमा चैत २० सम्म कमिटी बनाउने, स्थानीय तहहरुमा बैसाख १० भित्र कमिटी निर्माण गर्ने, बैसाख २० भित्रमा क्षेत्रीय भेला सम्पन्न गर्ने, बैसाख ११ मा समीक्षा बैठक आयोजना गरेर जेठ १ गते अभियानको समापन गर्ने निर्णय भएको छ ।

विस्तारित भेलाले ४१ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको जिल्ला अध्यक्ष समर्पण खतिवडाले जानकारी दिए । उनले स्थानीय तह र स्ववियु निर्वाचन हुने क्याम्पसमा इञ्चार्ज समेत तोकिएको बताएका छन् । भेलालाई विधार्थी नेता तुलसी मैनाली, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल, युवा नेता शिव ढुङ्गेल, विधार्थी इञ्चार्ज घनश्याम अधिकारी, केन्द्रीय सदस्य मनोज ताम्ली, रोशन लामा र विनोद अधिकारीले सम्बोधन गरेका थिए ।

शेयर गर्नुहोस :

0
Shares