विर्तामोड । झापाको बाल सुवोधिनी माध्यमिक विधालयले ‘स्टुडेन्ट अफ द मन्थ’ घोषणा गरेर हरेक महिना विधार्थीलाई पुरस्कृत गर्ने गरेको छ ।
अध्ययनमा प्रोत्साहित गर्न विधालयले ‘स्टुडेन्ट अफ द मन्थ’ घोषणा गर्दै पुरस्कृत गरिरहेको विधालयमा प्रधानाध्यापक विश्व थापाले जानकारी दिए । मेचीनगर–१४ मा रहको बाल सुवोधिनी शैक्षिक एवम् रचनात्मक क्रियाकलापमा स्थापित विधालय हो । प्रअ थापाले हरेक महिना सबै कक्षाबाट ‘स्टुडेन्ट अफ द मन्थ’ छान्ने गरेको जानकारी दिए । ‘स्टुडेन्ट अफ द मन्थ’ मा छात्र र छात्रा दुवै हुनेछन् । उनीहरुलाई महिनाको अन्तिममा वा नयाँ महिना शुरु भएको पहिलो दिन पुरस्कृत गर्दै आएको थापाको भनाई छ । फागुनको ‘स्टुडेन्ट अफ द मन्थ’ मा छनोट भएका विधार्थीलाई चैत १ गते पुरस्कृत गरिएको छ । ‘स्टुडेन्ट अफ द मन्थ’ का साथै सबै कक्षामध्ये सबैभन्दा सफा कक्षा घोषणा गरेर समेत पुरस्कृत गरिदैं आएको प्रअ थापाले जानकारी दिए । यो कार्यक्रम विधालयमा दुई वर्षदेखि सञ्चालन भइरहेको छ ।

महिनाभरी धेरै हाजिर हुने, अनुशासित, सधैं गृहकार्य गर्ने र अतिरिक्त क्रियाकलापमा सक्रिय विधार्थीबाट ‘स्टुडेन्ट अफ द मन्थ’ छानिदै आएको छ । विधार्थीलाई दैनिक विधालयमा उपस्थित गराउन यो उपाय प्रभावकारी भएको थापा बताउँछन् । उत्कृष्ट विधार्थीको फोटो महिनाभरी बोर्डम टासिने गरेको छ । बाल सुबोधिनीमा विधार्थीले गरेका गतिविधि हेर्न अन्य विधालयका शिक्षक, अभिभावक र विधार्थी समेत पुग्ने गरेका छन् ।







प्रतिक्रिया