झापा । प्रेस चौतारी नेपाल झापा शाखाको पहिलो बैठकले पत्रकार महासंघको आसन्न निर्वाचनमा सबै संघ – संगठनलाई मिलाएर लैजाने उद्देश्यले अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।

झिलझिलेको वाटर किङ्डम पार्क एन्ड रिसोर्टमा सोमबार बसेको बैठकले वार्ता समितिको सदस्यमा चौतारीकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, नेकपा एमाले जिल्ला कमिटिका प्रचार विभाग प्रमुख माधव विद्रोही, आमसञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का सदस्य गोपाल काफ्ले, विशाल नेम्वाङ, प्रदेश सदस्य मीनप्रकाश उप्रेती, महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीलाई चयन गरेको छ ।
कार्यक्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रेस चौतारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समितिले तत्काल नेपाल प्रेस यूनियन, प्रेस सेन्टर, प्रेस नेपाल, मिडिया नेपाल लगायतका संगठनसँग वार्ता गरेर सहमतिकै आधारमा महासंघको नेतृत्व चयनका लागि पहल गर्ने चौतारीका अध्यक्ष उप्रेतीले बताए ।
चौतारीका प्रदेश नं. १ का अध्यक्ष गणेश पोखरेल, केन्द्रीय सदस्य भण्डारी, प्रचार विभाग प्रमुख विद्रोहीले संगठनलाई चलायमान बनाउने र इमान्दारपूर्वक काम गर्न जिल्ला समितिलाई निर्देशन दिएका थिए । उनीहरुले तत्काल सबै संगठनसँग बार्ता गरेर महासंघको नेतृत्व सर्वसम्मत बनाउन पहल गर्ने बताए । बैठकले सोमबार नै समितिका पदाधिकारीहरुको सचिवालय समेत गठन गरेको छ । क्रियाशिल पत्रकार सरोज भट्टराईलाई सदस्यमा समेत बैठकले मनोनित गरेको छ ।







प्रतिक्रिया