विर्तामोड । हात्तीको आक्रमणबाट घाइते भएका विजय खातीको उपचारको क्रममा मृत्यु भएको छ। इलामको माई नगरपालिका घर भएका खातीको मेची अञ्चल प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बुद्धशान्ति गाउँपालिका ३ स्थित बिन्दुली बाँध नजिक बुधबार बिहान हात्तीले खाती र उनका साथीलाई आक्रमण गरेको थियो। हात र छातीमा चोट लागेका खातीको उपचारका क्रममा मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो। हात्तीले आक्रण गर्दा खाती र अर्जुनधारा -१ का मिलन कार्की डोली घाइते भएका थिए।







प्रतिक्रिया