विर्तामोड । विर्तामोड उधोग वाणिज्य संघका बहुमत सदस्यहरुले पद् हस्तान्तरण कार्यक्रमको प्रतिवाद गर्ने भएका छन् । उनीहरुले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । संघको बहुमत पदाधिकारी र सदस्यहरुले विहीवार प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनासमक्ष विधि विपरित आयोजना गरिएको पद् हस्तान्तरण रोक्न उजुरी दिंदै आग्रह गरेका छन् ।
निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल, महासचिव भेषराज भण्डारी प्रशान्त, उधोग सचिव रविन्द्र भट्टराई, वाणिज्य सचिव प्रकास घिमिरे, सदस्यहरु राजकुमार घिमिरे, राजु सापकोटा, खगेन्द्र खरेल, गौरीशंकर गुप्ता ‘टिंकु’ र उर्मिला विमली खरेलले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न उजुरी दिएका हुन् ।
अध्यक्ष कुमार भट्टराईले आफु खुशी पद् हस्तान्तरण आयोजना गरेकोमा आपत्ति जनाउदैं बहुमत सदस्यहरुले रोक्नका लागि प्रशासनलाई सहयोग मागेका छन् । उनीहरुले उजुरीमा , हालसम्मको हरहिसाव कार्यसमितिमा पेश गर्नुपर्ने उल्लेख गरेका छन् । हिसाव अनुमोदन भएपछि मात्रै कार्यक्रम आयोजना गर्न माग गरिएको छ ।
११ जनाले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका थिए ।







प्रतिक्रिया