Banner news

दुर्गाप्रसादले २० मिनेटमा पाए नागरिकता

दुर्गाप्रसादले २० मिनेटमा पाए नागरिकता


विर्तामोड । भारतीय जेलबाट चार दशकपछि मुक्त भएका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । उनले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता लिएका हुन् । नागरिकताका लागि प्रशासन कार्यालय पुगेको २० मिनेटमा उनलाई नागरिकता प्रदान गरिएको थियो ।

इलामका सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरेका छन् । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो ।

‘हामीलाई माइ नगरपालिका र त्यहाँका जनप्रतिनिधिले पहल गरेपछि हामीले पनि दुर्गाप्रसादलाई नागरिकता दिएका हौं ।’ सहायक सिडिओ चापागाईले भने ।

शेयर गर्नुहोस :

0
Shares